नोटिफाई नेपालLoading...



वीरगञ्जस्थित श्री गहवामाई मन्दिरको चौथो ऐतिहासिक रथ यात्रा आज निकालिँदै छ।
रथ यात्राका लागि वीरगन्जको सुरक्षा व्यवस्था कडा पारिएको छ भने वीरगन्ज महानगरपालिकाले एक दिनका लागि निजी र सामुदायिक विद्यालयहरूको बन्द राख्ने निर्णय गरेको छ।
गहवामाईको मन्दिरबाट निकालिने रथ यात्रा वीरगन्जका विभिन्न भागहरूमा परिक्रमा गराइन्छ। वीरगन्ज आसपासमा पानी परिरहेकाले रथ यात्रा प्रभावित हुने समेत देखिएको छ।
रथ यात्रामा सहभागी हुन श्रद्धालुहरू आउने क्रम जारी रहेको छ।








३२ असार , २,०८३