नोटिफाई नेपालLoading...



स्वास्थ्य बिमा बोर्डले प्रदान गर्दै आएको स्वास्थ्य बिमा सेवा शुल्कको पुनः हेरफेर गर्न सुरु गरेको छ।
जेठदेखि असारसम्म एक महिना नबित्दै बोर्डले दोस्रो पटक हेरफेर गर्न लागेको हो। बोर्डले यसअघि जेठको दोस्रो साता मात्रै सेवा शुल्कमा हेरफेर गरेको थियो।
बोर्डले परिवर्तन गरेको दररेट अमिल्दा भएको भन्दै अस्पतालहरूले सेवा नदिएपछि तत्कालै पुनः दररेटमा परिवर्तन गर्न लागेको स्वास्थ्य बिमा बोर्डका अधिकृत झलक जोशीले बताए।
उनको अनुसार पछिल्लो दररेट कुनै अस्पतालको खरिद मूल्य भन्दा कम र कुनै अति बढी भएको गुनासो गरी कतिपय सेवा नै नदिएपछि बोर्डले तत्कालै परिवर्तन गर्न लागेको बताए। उनको अनुसार अबको पन्ध्र/बीस दिनमा सेवा तथा शुल्क र औषधीको मूल्यमा परिवर्तन भएर आउँदै छ।
तर, यो पटकको मूल्य भने सबै अस्पतालहरूलाई मिल्ने गरी निर्धारण गर्न लागेको छ। ‘सबैलाई मिल्ने मूल्य भएपछि बिमा सेवा सहज बन्छ’, उनले भने ।