आईफोनमा यसरी प्रयोग गर्नुहोस् भिजुअल इन्टेलिजेन्स फिचर
Your ads here755 X 100

•
Byटेकपाना
•
सोमबार, १५ बैशाख २०८२, १०:०६ पूर्वाह्न
काठमाडौं । नयाँ फोनसँगै एप्पलले सार्वजनिक गरेको एउटा नयाँ फिचर हो भिजुअल इन्टेलिजेन्स । यो फिचरमार्फत प्रयोगकर्ताले आईफोनको क्यामेरा प्रयोग गरेर आफ्ना वरिपरि भएका वस्तुहरूको विषयमा जानकारी पाउन सक्छन् । उदाहरणको लागि तपाईँले क्यामेराबाट कुनै रेस्टुरेन्टको फोटो लिनु भयो भने यसले तपाईँलाई सो रेस्टुरेन्टको विषयमा सम्पूर्ण जानकारी उपलब्ध गराउने क्षमता राख्छ ।
तर याद गर्नुपर्ने कुरा भनेको यो फिचर आईफोन १६ मा मात्रै उपलब्ध छ । यदि तपाईँसँग आईफोन १६, १६ प्लस, १६ प्रो र १६ प्रो म्याक्स छ र त्यसमा आईओएस १८.२ इन्स्टल छ भने ...