नोटिफाई नेपालLoading...



रौतहट प्रहरीले आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटको टोलिले फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वा टोलका ४२ वर्षीय महन्थ राय यादवलाई श्रीमतीको हत्या आरोपमा नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार यादवले धारिलो हतियार प्रहार गरी आफ्नी ३२ वर्षीया श्रीमती आरती देवी यादवको आफ्नै घरको सुत्ने कोठामा हत्या गरेका थिए।
घटनापछि फरार रहेका उनि फरार थिए। इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट खटिएको टोलीले उनलाई फतुवा विजयपुर नगरपालिका–८ विजयपुरबाट पक्राउ गरेका छन्।
पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी बसन्त गौतमले बताए।