नोटिफाई नेपालLoading...



इजरायल र लेबनान बीच युद्धविराम सम्झौता थप ४५ दिनका लागि विस्तार गर्ने सहमति भएको एक दिनपछि पनि दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण सूरु भएको छ।
लेबनानको सरकारी समाचार एजेन्सी एनएनएका अनुसार शनिबार दक्षिणी क्षेत्रमा कम्तीमा पाँच गाउँहरूमा आक्रमण गरिएको छ। दक्षिणी लेबनानका सिदोन र नाबातीह नजिकैका नौ गाउँहरूका लागि जबरजस्ती विस्थापन आदेश जारी गरेको छ, जसमा काकाइयत, अलस्नौबार, कौथरीयत अल सैयद, अल मरवानियाह, अल घसानियाह र अन्य समावेश छन्।
शनिबार बिहान इजरायली युद्धक विमानहरूले दक्षिणी लेबनानको योहमोर अल शकीफ शहरमा पनि क्षेत्रमा हवाई आक्रमण गरेका थिए। एनएनएका अनुसार कफर तेब्निट, अर्नौन तथा अर्नौन–क्फर तेब्निट सडक क्षेत्रमा पनि भारी तोपखाना बमबारी गरिएको छ।
इजरायली सेनाले दक्षिणी लेबनानका धेरै क्षेत्रहरूमा हिज्बुल्लाह पूर्वाधार स्थलहरू मा प्रहार गरेको दाबी गरेसँगै एनएनएले कफर तेब्निट, अर्नौन शहरहरू, साथै अर्नौनक्फर तेब्निट सडक पनि भारी तोपखानाको बमबारीबाट प्रभावित भएको जनाएको छ।
पछिल्लो समय वाशिंगटनमा इजरायल र लेबनानका प्रतिनिधिहरूबीच भएको वार्तामा दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध नरहे पनि अमेरिकी मध्यस्थतामा युद्धविरामलाई थप ४५ दिन विस्तार गर्ने सहमति भएको बताइएको थियो । लेबनानी राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा युद्धविराम विस्तारले ‘नागरिकहरूलाई राहत दिने, राज्य संस्थालाई सुदृढ बनाउने र दीर्घकालीन स्थिरताको राजनीतिक मार्ग खोल्ने’ उल्लेख गरेको छ।
दक्षिणी लेबनानबाट अल जजीराका संवाददाता ओबैदा हिट्टोले ‘युद्धविराम केवल नामको मात्र भएको’ बताएका छन्। उनका अनुसार अमेरिकी विदेश विभागले युद्धविराम विस्तारको घोषणा गरिरहेका बेला इजरायलले टायर शहरका दुई भवन खाली गर्न आदेश दिएको थियो।
लेबनानी अधिकारीहरूका अनुसार युद्ध सुरु भएयता इजरायली आक्रमणबाट २,९०० भन्दा बढी मानिस मारिएका छन्। तीमध्ये युद्धविराम लागू भएपछिका ५०० भन्दा बढी मृत्यु पनि समावेश छन्।








१ जेठ , २,०८३