नोटिफाई नेपालLoading...



कालीकोट जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका ९ वटै स्थानीय तहलाई जेठभित्र पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरेर आइतबार जिल्लालाई घोषणा गरिएको हो ।
स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ जिल्लालाई कर्णाली प्रदेशको तेस्रो पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकाेटका जनस्वास्थ्य अधिकृत कटक महतले बताए ।
जिल्ला भरका जन्मेदेखि ५ वर्षमूनिका बालबालिकाले ९ वटा, गर्भवतीका लागि १ र किशोरीका लागि १ गरी ११ वटा खोप पाएको सुनिश्चित गरिएपछि जिल्ला घोषणा गरिएको हाे ।
जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन खोप तालिकामा उल्लेखित खोप लगाइसक्नु पर्ने भए पनि कुनै कारणले छुटेका १६ देखि ५९ महिनाका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखामार्फत खोजी गरेर खोज र खोप अभियानमार्फत सबै खोपको मात्रा पूरा गरेपछि पूर्णखोप सुनिश्चित घोषणा गर्ने प्रावधान रहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ।








१५ असार , २,०८३