नोटिफाई नेपालLoading...



नेकपा (एमाले)मा कोशी प्रदेश सरकारको नेतृत्वलाई लिएर देखिएको विवाद तत्कालका लागि साम्य भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि मुख्यमन्त्री हिक्मत कार्कीलाई हालका लागि निरन्तरता दिने समझदारी बनेको हो।
बुधबार गुण्डुमा भएको छलफलमा मुख्यमन्त्री कार्कीसहित एमाले कोशी प्रदेशका पदाधिकारी सहभागी थिए। छलफलमा ओलीले अहिले सरकारलाई निरन्तरता दिन र उपयुक्त समयमा नेतृत्वबारे निर्णय गर्ने संकेत दिएको नेताहरूले बताएका छन्।
कोशी प्रदेशको नेतृत्व परिवर्तनको चर्चा चुलिएपछि उत्पन्न विवाद समाधानका लागि ओलीले प्रदेश नेतृत्वलाई काठमाडौं बोलाएका थिए। छलफलपछि पार्टी अध्यक्षले गर्ने अन्तिम निर्णय सबैले स्वीकार गर्ने सहमति भएको एमाले कोशी नेतृत्वले जनाएको छ।
मुख्यमन्त्री कार्कीले भने आफू संविधानको धारा १६८(५) अनुसार नियुक्त भएकाले राजीनामा दिन नहुने अडान दोहोर्याएका थिए। त्यसपछि भएको छलफलमा तत्काल नेतृत्व परिवर्तन नगर्ने समझदारी बनेको बताइएको छ।







२० श्रावण , २,०८३