नोटिफाई नेपालLoading...



काठमाडौं महानगरपालिकाले ट्राफिकमा पनि असर नगर्नेगरी आपतकालीन स्वास्थ्य सेवाका लागि बाइक एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यो सेवाले सवारी जामका कारण प्रभावित हुने आपतकालीन स्वास्थ्य सेवामा सहजता ल्याउने विश्वास महानगरले लिएको छ ।
जामको कारण हुने ढिलाइ कम गर्न मोटरसाइकल एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने तयारी गरेको महानगरले जनाएको छ ।
महानगरका स्वास्थ्य शाखाका इन्चार्ज दीपक केसीको अनुसार एम्बुलेन्स सेवालाई थप छिटो, सहज र व्यावहारिक बनाउने उद्देश्यसहित महानगरले दुई पांग्रे एम्बुलेन्सको अवधारणा अघि सारेको हो । मोटरसाइकल एम्वुलेन्स खरदि प्रक्रियामा रहेको र छिट्टै सञ्चालनमा ल्याउने केसीले बताए ।
महानगरकी कार्यबाहक प्रमुख सुनिता डंगोलले आपतकालीन अवस्थामा छिटो सेवा प्रदान गर्नको लागि विभागलाई यस्तो सेवा संचालन ल्याउन निर्देशन दिइसकेकी छन् ।
सेवा दिन बिरामीलाई अस्पताल लैजानुअघि मोटरसाइकल एम्बुलेन्सबाट चिकित्सक घटनास्थलमै पुग्नेछन्। यो सेवा लिनको लागि १०२ मा फोन गर्नुपर्नेछ । साथै एम्बुलेन्स कहाँ पुग्दैछ, त्यसमा को–को छन् भन्ने जानकारी बिरामीका आफन्तले थाहा पाउने प्रणालीको समेत विकास गर्ने तयारी भइरहेको छ। ४९ वटा एम्वुलेन्स खरिद गर्ने तयारी भएको महानगरले जनाएको छ।








२५ चैत , २,०८२