नोटिफाई नेपालLoading...



किरात राई यायोक्खाको आयोजना र किराया शैक्षिक विभागको समन्वयमा मेहनती र जेहेन्दार विद्यार्थीलाई कक्षा ११ र १२ का अध्ययनका लागि शैक्षिक छात्रवृत्ति सिफारिस गरेको छ।
शैक्षिक संस्थामा ग्रामर कलेज कोटेश्वरको हलमा कार्यक्रम आयोजना गरी सचेतनात्मक प्रशिक्षण गरिएकाे पनि थियाे।
शैक्षिक संस्थाहरू युनाइटे एकेडेमी, प्रशादी एकेडेमी, ग्रामर कलेज आइन्स्टाइन एकेडेमी, बृटिस गोर्खा कलेज, ग्राण्ड एकेडेमी, काठमाडौ एस भि एकेडेमी, चाणक्य कलेज, मोर्डन कलेज अफ म्यानेजमेन्ट, पवन प्रकृति उमावि, सनसाइन कलेज, मिड्भ्याली कलेज, नवप्रभात र उमाविमा दिलाएकाे छ।
छात्रवृत्ति प्रदान गर्दै आएको शैक्षिक संस्थाहरूमा स्थलगत भेटघाट, छनौट प्रक्रियादेखि सिफारिस गर्ने चरणसम्म जिम्मेवारी निर्वाह गर्दै साथ सहभागिता जनाएकाे छ।

किराया शैक्षिक विभागका सदस्यहरू तारा राई, प्रमिला राई, भोगीराज राई, डेकेन्द्र राई रहेका छन्।
किराया अध्यक्ष जीवन हाताचो राई, महासचिव भिमराज राई, सचिव पर्सु विराट राई, कोषाध्यक्ष परशुराम राई, सहकोषाध्यक्ष छिला राई लगायत रहेका छन्।
किराया शैक्षिक विभागका संयाेजक जनक राईले ग्रामर कलेजको प्रमुख जयकुमार राई, प्रधानाध्यापक राजकुमार राई यायोक्खाकी शकुन्तला राई, गोपाल राई र सिमरण राई लगायतकाे विशेष पहलमा कार्यक्रम सफल भएकाे बताए।






२२ जेठ , २,०८३