नोटिफाई नेपालLoading...



कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को १०५ औँ खेलमा नेपाल जितको निकै नजिक पुगेको छ।
ओपनर कुशल भुर्तेलको सानदार शतकीय इनिङ्स र आसिफ शेखको उत्कृष्ट अर्धशतकको मद्दतले नेपालले अमेरिकाविरुद्धको खेलमा ऐतिहासिक जिततर्फ कदम बढाएको हो।
अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३५.४ ओभरको समाप्तिमा १ विकेट गुमाएर १८९ रन जोडेको छ। अब नेपाललाई जितका लागि मात्र ७ रन आवश्यक छ।
नेपालको तर्फबाट कुशल भुर्तेल ११७ रन बनाएर क्रिजमा टिकिरहेका छन्। उनले ११५ बलको सामना गर्दै १३ चौका र ४ छक्का प्रहार गरे।
अर्का प्रारम्भिक ब्याटर आसिफ शेखले ५८ रनको महत्त्वपूर्ण योगदान दिए। ७२ बल खेलेका उनले ८ चौका प्रहार गरे। आसिफ र कुशलबीच पहिलो विकेटका लागि १४५ रनको सानदार साझेदारी भएको थियो।
आसिफलाई २६.३ ओभरमा मोहम्मद मोहसिनको बलमा हरमीत सिंहले क्याच आउट गराएका हुन्।
क्रिजमा भुर्तेललाई इशान पाण्डेले साथ दिइरहेका छन्। पाण्डे २७ बलमा १३ रन बनाएर अविजित छन्। अमेरिकाका लागि मोहम्मद मोहसिनले ७ ओभरमा ४१ रन खर्चेर एकमात्र विकेट लिन सफल भए।
अन्य बलरहरू सौरभ नेत्रभाल्कर, नोस्थुस केन्जिगे, र मिलिन्द कुमार विकेटविहीन रहे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा सबै विकेट गुमाउँदै १९५ रनको योगफल तयार पारेको थियो।








१ जेठ , २,०८३