नोटिफाई नेपालLoading...



वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई) मा विभिन्न समयमा ज्यान गुमाएका नेपाली श्रमिकका क्रियाशील सामाजिक संस्था ‘नेपाली समाज युएई’ ले नेपाल सरकारकलाई ध्यानाकर्षण गराएको छ।
युएईका स्थानीय अदालतहरूले क्षतिपूर्ति भराइदिने आदेश दिए पनि श्रमिकको मृत्युपछि परिवारले पाउनुपर्ने क्षतिपूर्ति र बिमा रकम लामो समयसम्म नपाएपछि सरकारलाई ध्यानाकर्षण गराएको हो।
समाजले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई सम्बोधन गर्दै अबुधाबीस्थित नेपाली दूतावास र दुबईस्थित नेपाली महावाणिज्य दूतावासमार्फत लिखित ध्यानाकर्षण पत्र शुक्रबार बुझाएको छ।
नेपाली समाज युएई र यससँग आबद्ध ६६ वटा संघसंस्थाहरूको तर्फबाट प्रेषित पत्रमा कतिपय क्षतिपूर्तिका मुद्दाहरू ५ देखि ७ वर्षसम्म पुराना भइसकेको उल्लेख छ। अदालतबाट फैसला भइसकेको अवस्थामा पनि कूटनीतिक र कानुनी प्रक्रियामा ढिलाइ हुँदा पीडित परिवारले न्याय पाउन नसकेको संस्थाले जनाएको छ।
क्षतिपूर्ति पाउनेहरूमा झापाका लालध्वज प्रधान, पाल्पाका भोजबहादुर सारु, काभ्रेपलाञ्चोकका लक्ष्मुराम तामाङ , रोल्पाका रामबहादुर ओली र स्याङ्जाका दिपेश रश्मि क्षेत्री रहेका छन्।
नेपाली समाज युएईका अध्यक्ष कमल गिरी, महासचिव जीवन धमेनी र पार्षद अध्यक्ष राम मोक्तानद्वारा हस्ताक्षरित पत्रमा ‘अदालतबाट फैसला भई क्षतिपूर्ति बापत पाउनुपर्ने रकम पीडित परिवारले नपाउँदा उनीहरूको अवस्था अत्यन्त दयनीय भएको छ। सरकारले सम्बन्धित निकायसँग समन्वय गरी तुरुन्त यो रकम दिलाउन आवश्यक कदम चालोस्,’ भनिएको छ ।









१ जेठ , २,०८३