नोटिफाई नेपालLoading...



नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ।
रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो। टोलीको उपकप्तानको जिम्मेवारी अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई दिइएको छ।
नेपाली टोलीमा पछिल्लो समय उच्च लयमा रहेका सिनियर खेलाडीहरूका साथै केही युवा प्रतिभाहरूलाई पनि समावेश गरिएको छ। घोषित टोलीका अन्य सदस्यहरूमा कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, र गुलसन झा रहेका छन्।
त्यस्तै, टोलीमा अनुभवी खेलाडीहरू करण केसी, सोमपाल कामी र विनोद भण्डारीले स्थान बनाएका छन्। स्पिनर ललित राजवंशी र ब्याटर भीम सार्कीसँगै इशान पाण्डे, नन्दन यादव र अर्जुन कुमाल पनि टोलीमा अटाउन सफल भएका छन्।
क्यानले मुख्य टोलीका साथै पाँच जना खेलाडीलाई ‘रिजर्भ’ सूचीमा राखेको छ। वैकल्पिक खेलाडीहरूको सूचीमा सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रहेका छन्।
प्रतियोगिता आगामी २३ जुलाई देखि आयोजना हुनेछ।








१२ असार , २,०८३