नोटिफाई नेपालLoading...



त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा सुशील बज्राचार्यले शिक्षाध्यक्ष र रजिस्ट्रार पदमा नयाँ जिम्मेवारी तोकेका छन्। उपकुलपति बज्राचार्यले शुक्रबार विज्ञान तथा प्रविधि संकायका डिन प्राडा शंकरप्रसाद खनाललाई शिक्षाध्यक्ष तथा व्यवस्थापन संकायका डिन प्राडा महानन्द चालिसेलाई रजिस्ट्रारको जिम्मेवारी दिएका हुन्।
यसअघि कुलपति एवं प्रधानमन्त्री बालेन्द्र शाहले बज्राचार्यलाई उपकुलपतिको जिम्मेवारी दिएका थिए। विश्वविद्यालयको प्रशासनिक कामलाई निरन्तरता दिन शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवारी तोकिएको हो।
सरकारले अध्यादेशमार्फत विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीलाई पदमुक्त गरेको थियो। तर अध्यादेश जारी हुनुअघि नै तत्कालीन उपकुलपति प्राडा दीपक अर्यालले राजीनामा दिएका थिए।








१ जेठ , २,०८३