नोटिफाई नेपालLoading...



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम सुरु छ।
महाधिवेशनस्थलको हलमा राति ८ बजेबाट शपथग्रहण कार्यक्रम सुरु भएको हो। निर्वाचित नतिजाअनुसार सोबिता गौतम उपसभापति र विपिन कुमार आचार्य महामन्त्रीमा निर्वाचित भएका हुन्।
महिला उपसभापति पदका लागि भएको प्रतिस्पर्धामा गौतमले ७८९ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी डा. तोसिमा कार्कीलाई (५७२ मत) पछि पारेकी थिइन्।
महामन्त्री पदमा आचार्यले ६७३ मत ल्याएका थिए। सहमहामन्त्री खुलातर्फ असिम शाह (४७१ मत) र हरि ढकाल (४१० मत) निर्वाचित भएका छन् भने महिला सहमहामन्त्रीमा निशा डाँगीले ७३७ मत ल्याएर फराकिलो मतान्तरले जित हासिल गरेकी हुन्।







१२ असार , २,०८३