नोटिफाई नेपालLoading...



बैंकका ग्राहकको खातामा रहेको रकम आफ्नो खातामा ट्रान्सफर गरी लगेको मुद्दामा एनआईएमबी बैंक तौलिहवा शाखाका कर्मचारी रिसभ कार्कीलाई अदालतले कारागार चलान गरेको छ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले बिहीबार कार्कीलाई ५० लाख धरौटी ताकेकोमा कार्कीले बुझाउन नसकेपछि कारागार चलान भएका प्रहरी उपरिक्षक सन्तोष आचार्यले बताए। बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र चन्द्रमणि ज्ञवालीले ५० लाख धरौटी बुझाउने निर्णय गरेका थिए।
कार्कीले मोबाइल बैंकिङ मार्फत ट्रान्सफर अलर्ट समेत नहुने गरी तथा कनेक्ट आईपिएसको माध्यमबाट १ करोड ६५ लाख ट्रान्सफर गरी लगेका थिए। सोही आरोपमा उनलाई चैत पहिलो साता इलाका प्रहरी कार्यालय पकडीको टोलीले पक्रेको थियो। ग्राहकको रकम आफ्नो खातामा अनधिकृत रूपमा लगेर हिनामिना गरेको आरोपमा पक्राउ परेका थिए।
ढेड महिनाभन्दा लामो अनुसन्धानपछि कार्कीलाई अदालत पेस गरिएको थियो।








१ जेठ , २,०८३