नोटिफाई नेपालLoading...



कालीकोट र बाजुराको सिमानास्थित लैखुडाँडाको भिरमा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा परेर बाजुराको जगन्नाथ गाउँपालिका ६ का १८ वर्षिय महेश रावलको मृत्यु भएको प्रहरीले जनाएको छ। प्र न.३ ०१००३ क ६३११ नम्बरको जेसीबी भिरमा अड्किएको अवस्थामा फेला परेको थियो ।
प्रहरीका अनुसार जेसीबी चालक नरहरिनाथ गाउँपालिका २ का २५ वर्षिय केशव विष्ट र सहचालक १८ वर्षिय खगेन्द्र विष्ट सकुशल छन्। आइतबार बिहान ७ बजे दुर्घटनामा परेको जेसीबीबाट दिउँसो शव निकालिएको नेपाली सेनाका प्राविधिक उपसेनानी प्रविन श्रेष्ठले बताए।
दुर्घटनास्थलमा पुग्न मुस्किल भएपछि उद्धारको लागि धेरै समय लागेको उनको भनाइ छ। उद्धारको लागि नेपाल प्रहरी र नेपाली सेनाले दिनभर प्रयास गरेका थिए।