नोटिफाई नेपालLoading...



‘बुद्ध धर्म र व्यवसाय’ विषयक कार्यपत्र प्रस्तुति एवं अन्तरक्रिया कार्यक्रम भएकाे छ।
चिबहाल, ठमेल गौचरमा आयोजित उक्त कार्यक्रममा बुद्ध धर्म र व्यवसाय विषयमा कल्पना शाक्यले कार्यपत्र प्रस्तुत गरेकी थिइन्। उनले प्रस्तुत गरेकाे कार्यपत्रमा बौद्ध साहित्यमा उल्लिखित व्यवसायहरू, सूत्रहरूमा व्यापार सम्बन्धी उल्लेख, व्यवसायमा बुद्ध शिक्षाको महत्त्व, बुद्धको विभिन्न जातकमा भूमिका लगायतका विषय समेटिएकाे थियाे।
कार्यपत्रमाथि रविन्द्र बज्राचार्यले टिप्पणी गरेका थिए। उनले अरूलाई हानिनोक्सानी नगरी व्यवसाय गर्न बुद्धले जोड दिएको बताए। कार्यपत्रले बुद्ध धर्ममा व्यवसायिक सुशासनमा जोड दिएको कुरा ल्याएको बताए। अरूलाई खुशी पारी काम लिनुपर्ने र व्यवसायमा हानिनोक्सानी हुँदैमा विचलित हुन नहुने बुद्ध धर्मको कुरा अहिले पनि उत्तिकै सार्थक रहेको कार्यपत्रमा उल्लेख गरिएको बताए।
सहभागीहरूले बुद्धकालीन समयमा कस्तो व्यवसाय थियो, अठार बहाल, १९ विहारभन्दा पर कार्यपत्र किन आएन, बुद्धको दर्शन वर्तमान समयमा छर्नुपर्नेमा कतै संकुचन पो भयो कि? व्यवसाय गर्ने दोषी कि खानेलाई दोष लाग्छ जस्ता जिज्ञासा राखिएकाे थियाे।शाक्यले उठेकाे जिज्ञासामा प्रष्टयाएकी थिइन्।
महायान बौद्ध समाजको आयोजना तथा चिवहाल परिवार, ठमेलको सहकार्यमा सम्पन्न उक्त कार्यक्रमको सभाध्यक्ष दिलबहादुर महर्जनले गरेका थिए।
प्रदीप सापकोटाको सहजीकरणमा सम्पन्न कार्यक्रममा वसन्तराम नकर्मीले स्वागत मन्तव्य राखेका थिए।








१ जेठ , २,०८३