नोटिफाई नेपालLoading...



नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथ रथयात्रा यस वर्ष वैशाख ८ गतेबाट सुरु हुँदैछ ।ललितपुरको पुल्चोक क्षेत्रमा यतिबेला रथ निर्माणको काम तीव्र रूपमा अघि बढिरहेको छ।
परम्परागत शैलीमा काठको प्रयोग गरी निर्माण गरिने यो विशाल रथ करिब ६० फिट अग्लो हुने गर्दछ, जसलाई स्थानीय कारीगरहरूले विशेष धार्मिक विधिअनुसार तयार पारिरहेका छन्।
रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा वर्षा, सहकाल र अन्नका देवताका रूपमा पूजा गर्ने परम्परा रहेको छ। ‘लोकेश्वर’, ‘बुंगद्य’ लगायत विभिन्न नामले परिचित मच्छिन्द्रनाथको आगमनसँगै खडेरी हट्ने र देशमा समृद्धि आउने धार्मिक विश्वास रहिआएको छ।
तस्बिरुः दिपेश दर्शनधारी












.jpg)








१५ बैशाख , २,०८३