नोटिफाई नेपालLoading...



शिक्षासेवी रामगोपाल कर्माचार्यको जीवनीमा आधारित समयसँंगको सहकार्य नामक पुस्तक शनिबार भक्तपुरमा एक कार्यक्रमवीच विमोचन गरिएको छ । ४५ वर्ष शिक्षण पेशमा लागेका कर्माचार्यको दोश्रो पुस्तकको रुपमा समयसँंगको सहकार्य नामक पुस्तक सार्वजनिक भएको हो ।
वरिष्ठ शिक्षासेवी नरेन्द्रभक्त हाडाले पुस्तकको विमोचन गरेका हुन् । पुस्तक चार खण्डमा विभाजित छन् । पहिलो खण्डमा व्यक्तिगत जीवन, दोश्रोमा शिक्षण सेवा, तेश्रोमा सामाजिक सेवामा संलग्नता र चौथौ तथा अन्तिममा एक व्यक्ति फरक दृष्टि उपशीर्षकमा छन् ।
पुस्तकको प्रकाशन कमला भक्त प्रतिष्ठान मिवाछें व्यासी भक्तपुरले गरेको हो । पुस्तक १७० पृष्ठको रहेको छ । पुस्तकको मूल्य ३०० राखिएको छ ।







१३ बैशाख , २,०८३