नोटिफाई नेपालLoading...



लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन गर्मी बिदा दिने निर्णय गरेको छ।
नगर शिक्षा समितिको निर्णयअनुसार विद्यालयहरूमा असार ९ गतेदेखि १२ गतेसम्म बिदा दिइएको हो।
हालको उच्च तापक्रम र बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
लमही नगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनामा वार्षिक बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिने निर्णय गरिएको उल्लेख छ।
यस्तै, अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको बेदकोट नगरपालिकाले चार दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
नगरपालिकाले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भोलि मङ्गलबारदेखि शुक्रबारसम्म चार दिनका लागि नगरभित्र रहेको सबै विद्यालयमा बिदा गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिए।
कञ्चनपुरमा पछिल्लो एक साता यता गर्मी अत्यधिक बढेको छ। मौसम पूर्वानुमान महाशाखाले तराईका जिल्लामा आगामी तीन दिनसम्म तातो लहर चल्ने सम्भावना भएकाले सतर्क रहन आग्रह गरेको छ।







१२ असार , २,०८३