नोटिफाई नेपालLoading...



वर्षासँगै परेको चट्याङ लागेर पर्साको पकहामैनपुर गाउँपालिका–१, धोरेका सात जना घाइते भएका छन्।
घाइते हुनेमा स्थानीय ५५ वर्षीया शान्तिदेवी सहनी, ५५ वर्षीया राधिकादेवी सहनी, ५५ वर्षीया रितादेवी सहनी, ५२ वर्षीया कुश्मीदेवी सहनी, ४२ वर्षीया सन्ध्या देवी, ३५ वर्षीया प्रमिला सहनी र ३५ वर्षीया संगीता देवी रहेका छन्।
घाइतेमध्ये शान्तिदेवी सहनीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ। अन्य ६ जनाको भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचार भइरहेको बताइएको छ।
उपचाररतमध्ये कुश्मीदेवी सहनीको अवस्था गम्भीर रहेको छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको बताइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।








३२ असार , २,०८३