नोटिफाई नेपालLoading...



नेकपा एमालेका नेता ईश्वर पोखरेलकी पत्नी तथा पूर्वसंविधानसभा सदस्य मिरा पोखरेल (ध्वोजु) क्यान्सरको उपचारका लागि भारतको गुरुग्रामस्थित मेदान्त अस्पतालमा उपचाररत रहेकी छन्।
नेता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी सार्वजनिक गर्दै श्रीमतीको उपचारका कारण पछिल्लो समय देशभित्रका राजनीतिक तथा सार्वजनिक गतिविधिमा प्रत्यक्ष रूपमा सहभागी हुन नसकेको बताएका छन्। उनले मिरालाई कुन प्रकारको क्यान्सर भएको हो भन्नेबारे भने खुलाएका छैनन्।
उनले उपचार प्रक्रिया अझै केही समय जारी रहने भएकाले आफ्नो सार्वजनिक उपस्थिति र गतिविधि पनि केही समय प्रभावित रहने उल्लेख गरेका छन्।
फेसबुकमार्फत उनले श्रीमतीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विभिन्न माध्यमबाट सम्पर्क गर्ने, शुभेच्छा व्यक्त गर्ने तथा प्रतिकूल परिस्थितिमा पनि प्रत्यक्ष भेट्न आउने साथीभाइ, शुभेच्छुक र आफन्तजनप्रति आभार व्यक्त गरेका छन्।
पोखरेलले लेखेका छन्, ‘तपाईंहरूको सद्भावपूर्ण र सहयोगी भावनाले हामीले हौसला प्राप्त गरिरहेका छौँ।’






१ श्रावण , २,०८३