नोटिफाई नेपालLoading...



बदलिँदो राजनीतिक समीकरणका बीच बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि कांग्रेस नेतृत्वको प्रदेश सरकारमा रहेका एमाले मन्त्रीहरूको राजीनामा प्रक्रिया हालका लागि स्थगित गरिएको हो।
एमालेका तर्फबाट स्वास्थ्यमन्त्री किरण थापा मगरले केन्द्रबाट नयाँ निर्देशन नआएसम्म राजीनामा नदिने निर्णय भएको जानकारी दिएका छन्। उनका अनुसार राजनीतिक परिस्थितिको थप मूल्यांकनपछि मात्रै आगामी कदम तय हुनेछ।
हाल बागमती प्रदेश सरकारमा एमालेबाट स्वास्थ्य, कृषि तथा पशुपन्छी विकास, भौतिक पूर्वाधार विकास, श्रम रोजगार तथा यातायात, वन तथा वातावरण तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय सम्हाल्ने गरी छ जना मन्त्री कार्यरत छन्।
प्रदेश सरकारको आगामी रणनीति केन्द्रको निर्णय र विकसित राजनीतिक अवस्थामाथि निर्भर रहने बताइएको छ।








३२ असार , २,०८३