मनपरी यातायात सञ्चालन, बर्दियामा बढ्यो दुर्घटनाको जोखिम
बर्दियामा सार्वजनिक यातायातका साधनले ट्राफिक नियम उल्लंघन गर्दै सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । यातायात क्षेत्रमा एकाधिकार तोड्ने नीतिपछि जथाभावी खुलेका यातायात प्रालिबीचको होडबाजीले सडक सुरक्षा चुनौतीपूर्ण बनेको छ ।