मोरङ- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। कोशी प्रदेश सरकारले भारतसँग जोडिएका दक्षिणी सीमा नाकामा सुरक्षा व्यवस्था कडा बनाएर नेपाल प्रवेश गर्ने भारतीय नागरिकका लागि परिचयपत्र अनिवार्य गरेको छ। विराटनगरस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बुधबार बसेको सर्वपक्षीय सुरक्षा बैठकले सीमा क्षेत्रको सुरक्षा अवस्थाको समीक्षा गर्दै […]