काठमाडौं- कुवेतको उत्तरी क्षेत्रमा जुलाई ३० मा भएको ड्रोन आक्रमणमा परी सवारी चालकका रूपमा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि त्यहाँस्थित नेपाली दूतावासले गरेको छ। कुवेतस्थित नेपाली राजदूतावासका अनुसार तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको उक्त आक्रमणमा परी निधन भएको हो। घटनाबारे कुवेतको विदेश मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको दूतावासले जनाएको छ। राजदूतावासले तामाङको निधनप्रति […]