काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना नेपाली नागरिकको मृत्यु भएको छ। स्थानीय आपतकालीन सेवा प्राधिकरणका अनुसार चिमी स्ट्रिटमा बिहान करिब ३:२१ बजे गुडिरहेको रेलले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै ज्यान गएको हो। बकाउ आपतकालीन अवस्था निरीक्षकका अनुसार घटनालगत्तै उद्धार टोली, दमकल, हेभी रेस्क्यु भेइकल र मोबाइल इन्टेन्सिभ केयर एम्बुलेन्ससहितको टोली घटनास्थलमा खटाइएको […]