काठमाडौं– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि ‘हेल्प डेस्क’ तथा राहत कोष स्थापना गर्ने भएको छ । नाट्टाका अध्यक्ष भरतजङ्ग पाण्डेको अध्यक्षतामा आज बसेको आकस्मिक बैठकले रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको बाढीका कारण पुगेको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै […]