काठमाडाैं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना तथा विद्युत संरचनामा कार्यरत १३३ जनाभन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन् । नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बाढीपछि जिल्लाका विभिन्न जलविद्युत आयोजना, प्रसारण तथा वितरण संरचनामा कार्यरत कर्मचारी र कामदार सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा विदेशी कामदारसमेत रहेको प्राधिकरणले जनाएको छ । […]