काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय सहिष्णुता भड्काउने सामग्री प्रसारण गर्नेहरूविरुद्ध प्रहरीले निगरानी बढाउँदै कारबाही तीव्र पारेको छ। यसै क्रममा भोटेकोशी बाढीको क्षतिलाई लिएर लक्षित समुदायलाई अपमान गर्ने र विपत्तिमा खुसी व्यक्त गर्दै भिडियो (रिल) बनाएको आरोपमा बैतडी सुर्नयाका २४ वर्षीय वीरेन्द्र मडैलाई साइबर ब्युरोले चन्द्रागिरि–१२ बलम्बुबाट पक्राउ गरेको छ। प्राकृतिक […]