काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबारे दिएको अभिव्यक्तिको अंश संसदीय रेकर्डबाट मंगलबार हटाइएको छ । सभामुख डोलप्रसाद अर्यालले गत भदौ २६ गतेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद सुनारले कार्कीबारे बोलेका विवादित अंश रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् । सांसद सुनारले ‘कहिल्यै पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको […]