काठमाडौं – ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो (इन्द्रध्वज) मंगलबार राति ९:२५ बजेको साइतमा ढालिएको छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको आठ दिन लामो इन्द्रजात्रा इन्द्रध्वजपातन गरेसँगै समापन भएको गुठी संस्थानले जनाएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले हनुमानढोका दरबार क्षेत्र पुगेर श्रीगणेश, श्रीभैरव र श्रीकुमारीबाट टीका तथा प्रसाद ग्रहण […]