नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया दाबेदार हुन्। उनी गत पुस अन्तिम साता कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्री बनेका थिए। सुरुवातदेखि नै गगन थापा र विश्वप्रकाश शर्माका विशेष सहयोगी रहेका उनी यसपटकको महाधिवेशनबाट पनि महामन्त्रीमा चुनिने उत्तिकै सम्भावना छ। दुईजना खुला महामन्त्रीका लागि धेरैजना मैदानमा उत्रिरहँदा प्रदीपलाई बलिया दाबेदारका रूपमा हेरिए पनि […]