कपिलवस्तु – जिल्लाको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा प्रहरीले २ राउन्ड हवाइ फायर गरी खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट लागूऔषध भित्र्याई कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। मिति २०८३/०७/१५ गते (सन् २०२६ नोभेम्बर १) खोजतलास तथा अनुसन्धानका क्रममा शङ्का लागेर […]