जुम्ला – जुम्लामा सञ्चालन गरिएको नाक, कान तथा घाँटी (इएनटी) सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविरबाट एक हजार ३७ जना लाभान्वित भएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रिड्स नेपालको सहकार्यमा कात्तिक १२ गतेदेखि सञ्चालित शिविर बिहीबार सम्पन्न भएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक विनम्र विष्टका अनुसार शिविरमा स्वास्थ्य परीक्षण गराएका बिरामीमध्ये ४३ जनाको शल्यक्रिया गरिएको […]