देशकै ठूलो महानगरपालिकामा स्थापना दिवसको रौनक, विशेष कार्यक्रमहरु हुँदै
Your ads here755 X 100

•
Byसुमन ढुंगाना\राजु गिरी
•
बिहीबार, ०३ पौष २०८२, १०:१२ पूर्वाह्न
नेपालकै पर्यटन राजधानीका रूपमा परिचित पोखरा महानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस विभिन्न सम्मान, विकास निर्माण तथा सामाजिक कार्यक्रमसहित मनाएको छ । साता व्यापी कार्यक्रममार्फत महानगरले पोखराको विकासमा योगदान पु¥याउने व्यक्तित्व, कर्मचारी, शिक्षक, विद्यार्थी तथा करदातालाई सम्मान गर्दै समावेशी र उत्तरदायी स्थानीय सरकारको सन्देश दिएको छ ।
पोखरा महानगरपालिकाले आफ्नो ६७ औं स्थापना दिवस साताव्यापी कार्यक्रम आयोजना गरी मनाइरहेको छ । स्थापना दिवसको अवसरमा पोखराका विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान गरेका व्यक्तित्वलाई ‘पोखरेली नवरत्न’ सम्मान, उत्कृष्ट कर्मचारी, एसइई तथा कक्षा ८ मा ४ जिपिए अंक प्राप्त गरेका विद्यार्थी, विषयगत रूपमा उत्कृष्ट उपलब्धि हासिल गर्ने ६० जना शिक्षक तथा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरूलाई पनि सम्मान गरिएको छ ।