चौबाटोमा यो के बिजोग ?
Your ads here755 X 100

•
•
मङ्गलबार, २० माघ २०७७, ५:१९ अपराह्न
कोभिड– १९ नाम दिइएको कोरोना महामारीबाट जोगिन सर्वसाधारण नागरिकले हात धुन पाऊन् भनेर एक वर्ष पहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सक्रियतामा काठमाडौं उपत्यकाका ठाउँ–ठाउँमा पानी ट्याङ्की राखियो । सर्वसाधारणको भीडभाड हुने चोक र अस्पताल अगाडिका ठाउँमा ठूला ट्याङ्की राख्न विभिन्न कर्पोरेट हाउसले सहयोग गरे ।
कोरोनाको सन्त्रास बाँकी नै छ, एकवर्ष पुग्दा नपुग्दै सार्वजनिक स्थानमा राखिएका ट्याङ्कीमा पानी छैन । ट्याङ्कीका धारा हराएका छन्, तर पनि ती ट्याङ्की अलपत्र र वेबारिसे ढंगले छाडिएका छन् ।
अलपत्र रूपमा सडकको छेवैमा राखिए...