महोत्तरीमा २ करोड ४० लाख मूल्य बराबरका एप्पल एयरपड्स बरामद, सशस्त्र प्रहरीलाई देखेपछि तस्कर फरार
Your ads here755 X 100

•
Byटेकपाना
•
शनिबार, २० भाद्र २०८३, ११:४८ पूर्वाह्न
काठमाडौं । सशस्त्र प्रहरी बलले महोत्तरी जिल्लाबाट ठुलो परिमाणमा अवैध एप्पल कम्पनीका एयरपड्स बरामद गरेको छ । भारतबाट भन्सार छली अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा करिब दुई करोड ४० लाख रुपैयाँ बराबरका १२ सय थान एयरपड्स बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्र बहादुर कार्कीका अनुसार शनिबार बिहान महोत्तरीको सोनमा गाउँपालिका-६ स्थित मगरथाना इलाकाबाट उक्त सामग्री नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरीका सशस्त्र प्रहरी निरीक्षक राजेन्द्र बहादु...