इतिहासको भारी, वर्तमानको मौनता : दोबाटोमा अल्मलिएको कांग्रेस
Your ads here755 X 100

•
Byनबराज घिमिरे
•
बिहीबार, ३१ बैशाख २०८३, ५:२० अपराह्न
जब प्रतिपक्ष मौन बन्छ, सडकमा नयाँ र अपरिपक्व शक्तिहरूको स्वर बलियो बन्न थाल्छ । यही राजनीतिक रिक्तताले अहिले वैकल्पिक शक्ति र आक्रोशपूर्ण राजनीतिलाई ठाउँ दिएको देखिन्छ । कांग्रेसले जनताको भरोसा गुमाउँदै जानुको मूल कारण केवल सत्ता समीकरण होइन, वैचारिक अस्पष्टता र नेतृत्वको जडता पनि हो ।