रुपन्देही क्रिकेटको शक्ति : भारत र पाकिस्तानबाट खेल्न आउन थाले
Your ads here755 X 100

•
Byप्रकाश न्यौपाने
•
शुक्रबार, २२ जेठ २०८३, ९:२० पूर्वाह्न
चुस्त व्यवस्थापन र नियमित प्रतियोगिताले रुपन्देहीको क्रिकेट सधैं अग्रणी भाग रहँदै आएको छ । संघीय सरकारले न्युन बजेट विनियोजन गरे पनि प्रदेश र स्थानीय तहसँगको सहकार्य, निजी क्षेत्रको सहयोग र दूरदर्शी नेतृत्वले रुपन्देहीको क्रिकेट क्षेत्र नै बदलिएको छ । रुपन्देही क्रिकेट संघले कार्यतालिका नै बनाएर निरन्तर क्रिकेट प्रतियोगिता गराउने भएकाले जिल्लामा क्रिकेटको क्रेज बढ्दो छ ।