विद्युत् व्यापारको ढोका खोल्दै ४०० केभी लाइन
Your ads here755 X 100

•
Byनारायण सुवेदी
•
सोमबार, २९ भाद्र २०८३, ९:०५ पूर्वाह्न
४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भएको छ । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले उक्त कार्य सम्पन्न गरेको हो । विद्युत् सञ्जाल सुदृढीकरण र सीमापार विद्युत् सञ्जाल विस्तारका लागि नेपालको प्रयासका सन्दर्भमा महत्वपूर्ण उपलब्धि हासिल भएका एमसिए–नेपालले जनाएको छ ।