नेपाली खेलकुद : प्रतिभा मैदानमा, संकट व्यवस्थापनमा
Your ads here755 X 100

•
Byसगुन ताम्राकार
•
बिहीबार, २२ आश्विन २०८३, ४:५९ अपराह्न
नेपालमा खेलकुदप्रतिको आकर्षण दिनप्रतिदिन बढिरहेको छ। क्रिकेट मैदानमा हजारौँ दर्शकको उत्साह होस् वा फुटबलका लागि देखिने जनसमर्थन— खेल अब मनोरञ्जनको विषय मात्र रहेन, राष्ट्रिय पहिचान र गौरवसँग जोडिएको क्षेत्र बनेको छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली खेलाडीले सीमित स्रोतसाधनका बाबजुद हासिल गरेका उपलब्धिले पनि यही सम्भावना देखाउँछ। तर विडम्बना के छ भने खेलाडी मैदानमा संघर्ष गरिरहेका बेला खेलकुदको व्यवस्थापन भने पटक–पटक विवाद र संकटमा फसिरहेको छ।