टिकटक बनाउन १४ वर्षीय किशोरलाई बोलाए, भतिजीको हत्या गरेको आशङ्कामा नदीको तिरमा लगी गोली हाने
Your ads here755 X 100

•
Byहिक्मत आचार्य
•
सोमबार, १५ बैशाख २०८२, ६:०९ अपराह्न
काठमाडौं । रौतहटको उर्वर भूमिमा भर्खरै जुँगाको रेखी बस्दै गरेका १४ वर्षे कृष्णप्रसाद यादव आफ्ना उमेर समूहका किशोर-किशोरीमाझ परिचित थिए । टिकटकको भर्चुअल संसारमा उनको आफ्नै सानो साम्राज्य थियो । भिडिओ मन पराएर उनलाई पछ्याउनेको सङ्ख्या दिनानुदिन बढ्दै १० हजार नाघेको थियो ।
क्यामेराको लेन्सबाट सुन्दर दृश्यलाई पृष्ठभूमिमा राखेर आफूलाई फ्रेममा कैद गर्ने उनको सोख अनौठो थियो । त्यसैले पनि उनी नयाँ र आकर्षक स्थानको खोजीमा निरन्तर भौतारिरहन्थे ।
टिकटकका सीमित समर्थकको वाहीवाहीले पनि उनलाई त्यस्ता भिडिओ बनाउन ...