फूटपाथको बीचमा यो धराप कहिलेसम्म ?
Your ads here755 X 100

•
•
मङ्गलबार, ०१ कार्तिक २०७९, ५:३५ अपराह्न
काठमाडौंको कलंकी खसीबजारस्थित चक्रपथको फूटपाथमा एउटा बढेमानको फलामको पिल्लर छ । पूरै फूटपाथभरी ढाकेको खम्बाले पैदलयात्रीलाई कष्ट दिइरहेको छ । दैनिक सयौं यात्रुले आवतजावत गर्ने यो सडक किनारामा राखिएको यो पोलको औचित्य भने कतै देखिँदैन ।
सडक ढाकेर बनेको यो पिल्लर शताब्दी पुरानो रोपवेको अवशेष हो । सडकमा बनाइएको भन्दा पनि सडक विस्तार भएर पोलसम्म पुगेको हो ।
राणा प्रधानमन्त्री चन्द्रशमशेरले १९८२ मा मकवानपुरको भीमफेदी धोर्सिङबाट काठमाडौंको मातातीर्थ हुँदै कुलेश्वरसम्म रोपवे बनाएका थिए ।
२०५६ सालदेखि यो रोपवे बन्द छ । त...