सरकारी अकर्मण्यताले ८ वर्षदेखि त्रिपालको भरमा ऐतिहासिक भवन
Your ads here755 X 100

•
•
सोमबार, २५ भाद्र २०८०, ६:०७ अपराह्न
राज्यका निकायको समन्वय अभाव र सरकारी अकर्मण्यताले विकास निर्माणको काम कसरी अलपत्र हुन्छन् भन्ने उदाहरण हो, सिंहदरबारको मुटुमा रहेको ग्यालरी बैठक । २०१५ सालदेखि २०६३ सालसम्म प्रतिनिधिसभाको बैठक बसेको ग्यालरी बैठक २०७२ सालको भूकम्पले चर्कायो । भूकम्पले भत्काएका अधिकांश संरचनाको पुनर्निर्माण या सबलीकरण गरेपनि यो ऐतिहासिक ग्यालरी बैठकका भित्तामा पिपल उम्रेका छन्, छत त्रिपालले छोपेर राखिएको छ ।
२०७६ पुस २९ गते प्रतिनिधि सभाको विकास समितिले सबलीकरण सम्भव नहुने भन्दै भत्काउन निर्देशन दिएको थियो । पछि राष्ट्रिय सभाको प्रत्यायोजि...