ज्ञानेन्द्रका पितापुर्खाले बनाएको देश?
Your ads here755 X 100

•
Byयादव देवकोटा
•
मङ्गलबार, १६ बैशाख २०८२, ७:१३ अपराह्न
ज्ञानेन्द्र शाहले एक नेपाली नागरिकका रूपमा आफ्ना पितापुर्खाले निर्माण गरेको देश भनेका हुन् भने त्यो सही छ। तर एक सत्ताच्यूत शासकका रूपमा सत्ताभोगको तृष्णालाई ताउ दिन आफ्ना निजी पितापुर्खामा यो राष्ट्र निर्माणको यशको शिरपोस चढाउन खोजेका हुन् भने त्यो सत्य होइन।