नोटिफाई नेपालLoading...

काठमाडौं, वैशाख १७ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन्। आज नाउपा र जनमत पार्टीको एकता सभा गर्ने तयारी गरिरहेकै बेला चौधरीलाई कमलादीबाट प्रहरीले चौधरीलाई पक्राउ गरेको काठमाडौं प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीले बताए।
टीकापुर घटनापछि पाँच वर्ष सजाय भोगेका चौधरीलाई गणतन्त्र दिवसको दिन गत जेठ १५ गते आममाफी दिइएको थियो । सोपछि उनी रिहा भएका थिए । त्यसको विरुद्धमा टीकापुर घटनाकी पीडित शारदा कडायतले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
प्रहरी प्रमुख अधिकारीका अनुसार सो रिटमा सुनुवाई हुँदै सर्वोच्चले तत्कालका लागि थुनामा राख्नु भनी आदेश गरेपछि उनलाई पक्राउ गरी डिल्लीबजार लगिएको उनले जानकारी दिए।
चौधरी संरक्षक रहेको नाउपा र जनमत पार्टीबिच आज पार्टी एकता घोषणा गर्ने तयारी गरिएको थियो । चौधरीको पक्राउसँगै एकता घोषणा गर्ने कार्यक्रम बिथोलिएको छ ।







२६ जेठ , २,०८३