इरान युद्धपछि बहराइन र यूएईले हालसम्म कति हवाइ हमला रोक्न सफल भए ?
Your ads here755 X 100

बहराइनले इरान युद्ध सुरु भएदेखि रोकिएका हवाई हमलाहरूको तथ्यांक जारी गरेको छ। तथ्यांकअनुसार इरानले प्रहार गरेका ४५३ ड्रोन र १८८ क्षेप्यास्त्रहरू बहराइनले खसालेर नष्ट गरेको छ।बहराइनले विज्ञप्ति जारी गरेर उक्त तथ्यांक सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको छ। यसैगरी यूएईको रक्षा मन्त्रालयले युद्ध सुरु भएदेखि कुल ४९८ ब्यालिस्टिक मिसाइल, २३ क्रुज मिसाइल र २ हजार १४१ ड्रोनलाई रोकिएको जनाएको छ। अप्रिल ४ मा पनि २३ वटा ब्यालिस्टिक मिसाइल र ५६ वटा ड्रोनलाई रोकिएको मन्त्रालयले उल्लेख गरेको छ। अधिक