महाधिवेशनको तयारीमा राप्रपा : कार्यतालिका बनाउन समिति गठन
Your ads here755 X 100

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले आगामी महाधिवेशनको कार्यतालिका बनाउन समिति गठन गर्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसमिति बैठकले आगामी महाधिवेशनको कार्यतालिका बनाउन उपाध्यक्ष हेमजंग गुरुङ,महामन्त्री धवल शम्सेर राणा र सह–महामन्त्री प्रकाश रिमाल रहेको समिति गठन गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।समितिलाई आगामी कार्यसमितिको बैठकमा पेश गर्नेगरी महाधिवेशन कार्यतालिका बनाउने जिम्मेवारी दिइएको उनले बताए