सांकेतिक भाषामा हिमाल चिनाउँदै बहिरा ट्रेकिङ गाइड
Your ads here755 X 100

काठमाडौं : नेपालको हिमाली पदमार्गमा अहिले मौन संवादका उदाहरणहरू देखिन थालेका छन्। त्यो संवाद शब्दको होइन, सांकेतिक भाषाको हो। बहिरा ट्रेकिङ गाइडहरूको बढ्दो सहभागिताले नेपालको पर्यटन क्षेत्रमा समावेशी अभ्यासको नयाँ अध्याय सुरु भएको देखिन्छ।रसुवाको कालिका गाउँपालिका–५ का चोपप्रसाद पौडेल र सोलुखुम्बुका छिरी शेर्पा यस परिवर्तनको नयाँ अध्यायका प्रतिनिधि पात्र बनेका छन्। हिमाली पदमार्गका उकालीहरु केवल शारीरिक सहनशीलताले मात्र पार हुँदैनन्, त्यसका लागि आत्मविश्वास, साहस र अवसर पनि उत्तिकै आवश्यक